काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष एवम् नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष आतिथ्यतामा विशेष रक्तदान कार्यक्रम भएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नंबर २३ नगर समितिको आयोजनामा बसन्तपुर डबलीमा विशेष रक्तदान कार्यक्रम भएको हो।

नेपाल स्वयंसेवी रक्तदाता समाज २३ वडा नगर समितिका अध्यक्ष राकेशलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको विशेष रक्तदान तथा परिचयात्मक कार्यक्रमको सञ्चालन नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडाका सचिव राजेश मानन्धरले गरेका थिए। विशेष रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५६ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए।

नेपाल स्वयंसेवी रक्तदाता समाज २० र १९ वडा नगर समितिका अध्यक्षहरू राम रञ्जित,बिनोद खड्गी,नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका सचिव राजेश मानन्धर,हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख रोशन शाक्य, महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल जंग शाह लगायतको आतिथ्यता थियो। कार्यक्रममा कोरोनाको महामारीमा रगत तथा रक्ततत्वको महत्वको वारेमा विशेष अतिथि तथा अतिथिहरुले विशेष मन्तव्य व्यक्त गरेका थिए।
प्रकाशन मिति–२०७७ साल कात्तिक १५ गते शनिवार ।