काठमाडौ। बेलायतवासी नेपाली गायिका देशु गोलेले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। ‘तिमीसँग बोल्दैमा यो मन खुशी हुन्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

‘तिमीसँग बोल्दैमा यो मन खुशी हुन्छ’ यस गीतको म्युजिक भिडियोमा निर्देशन पासाङ योन्जन लामाको रहेको छ। शब्द गायिका गोलेकै रहेको छ । गीतमा संगीत अर्जुन पोखरेलले दिएका छन् भने म्युजिक भिडियोमा मोडल अनु शाह र जीवन भट्टराईको जीवन्त अभिनय गरेका छन्।

नेपाली गीत–संगीतमा अजम्बरी गीत गाउने पक्षमा रहेकी गायिका गोलेको सोच र चाहना नै नेपाली गीत–संगीतलाई शिखरमा पुर्याउनु हो। यसमा जतिसुकै व्यस्तताका बाबजुद पनि आफू क्रियाशील भएर लागिरहने गायिका गोलेले भिजन संसारसंगको भेटमा भनेकी छन्।

एउटा बेग्लै अजम्बरी गीतको गीति–एल्बम निकाल्ने सोचका साथमा केही महिनाअघि नेपाल आएकी गायिका गोलेले काठमाडौको बसाईमा केही गीतको रेकर्डिङ पनि पूरा गरेकी छन्। संभवत बेलायत फर्केपछि गजबको एल्बम निकाल्ने भएकी छन्।

प्रकाशन मिति–२०७४ साल चैत्र १२ गते सोमवार ।