काठमाडौं। चीनको सान्यामा आयोजित यो बर्षको विश्व सुन्दरी प्रतियोगितामा टप–१२ सम्म भएपनि पुगेर नेपालको शान तथा गौरवता बढाएर आएकी मिस नेपाल श्रृंखला खतिवडा फिल्मी हिरोइन भने नबन्ने भएकी छन्।

आम मिस नेपालहरु मिस नेपाल भएको लगतै फिल्म खेल्ने हानथाप गर्ने र फिल्म निर्माताहरु पनि मिस नेपाललाई हिरोइन बनाउन पाउंदा गर्ब गर्ने ट्रेन्डलाई मिस नेपाल खतिवडाले यसपालि भने पानी फ्यांकिदिएकी छन्।

मिस नेपाल खतिवडाले आफूलाई फिल्ममा अभिनय गर्ने कुनै शौख नभएको र आफूलाई अभिनय नै गर्न नआउने स्टेटमेन्ट दिएपछि नेपाली फिल्म निर्माताहरु हिस्स परेकी छन्।

मिस नेपाल खतिवडाले आफू आर्टिटेक्चर इञ्जिनियर पनि भएकोले आफ्नै क्षेत्रमा लाग्ने स्पष्ट पारेकी छन्। आफ्नो अध्ययनको क्षेत्रलाई नै पेशा बनाएर अगाडि बढ्ने सोच गरेकी मिस नेपाल खतिवडाले सामाजिक सेवात्मक कार्यमा भने निरन्तरता दिने भएकी छन्।

मिस नेपाल खतिवडाको यो सोचले गर्दा पनि कुनैपनि नेपाली फिल्मका निर्माताले उनलाई फिल्म खेलिदिन अफर पनि नगरेको बुझिएको छ।

प्रकाशन मिति–२०७५ साल पुष ३ गते मंगलवार ।