काठमाडौं। इण्डियन आइडलको सिकोमा गत बर्षवाट प्रारम्भ भएको नेपाल आइडल यो बर्ष शुक्रवार संपन्न भएको छ।

नेपाल आइडल सिजन २ नाम दिएको नेपाल आइडलको ग्राण्ड फाइनलमा यो बर्षको नेपाल आइडल विजेता रवि ओड बनेका छन्। रविले नगद २२ लाख र गोल्डेन माइक पाएका छन्।

त्यसैगरर, नेपाल आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बनेका छन्। बरालले २० लाखको चेक पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए।

सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए। थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन्। उनले होन्डाको स्कुटर पाएकी छन् ।

विजयीहरुलाई अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरेका थिए।
प्रकाशन मिति–२०७५ साल पुष ६ गते शुक्रवार ।