काठमाडौं। गजबको चर्चा बोकेर आएको यल्लो टाइगरले हरेक हप्ताको शुक्रबार ह्याप्पी फ्राइडे मनाउने गरेको छ। केही हप्तादेखि काठमाडौंको बालाजु बनस्थली एराहिटी स्थित यल्लो टाइगर डान्स सेन्टरले ह्याप्पी फ्राइडे मनाउन थालेको हो।

पाँच दिन विविध डान्सको क्लास र शुक्रबार एकदिन ह्याप्पी मुडमा मनाउने सोच र परम्परा अनुरुप ह्याप्पी फ्राइडे मनाउन थालेको यल्लो टाइगर सुषमा सिंहले भिजन संसार डटकमलाई बताएकी छन्।

यल्लो टाइगर सुषमा सिंहका अनुसार ह्याप्पी फ्राइडेका दिन एक्सट्रा गतिविधिहरु हुने गरेको छ। साथमा डान्सको कम्पिटिसन पनि हुंदै आएको छ। डान्सका विद्यार्थीहरुमाझ ह्याप्पी फ्राइडे यल्लो टाइगरमा अत्यन्त लोकप्रिय हुन थालेको छ। यल्लो टाइगरमा डान्सका विविध प्रशिक्षण हुंदैआएको छ।

प्रकाशन मिति–२०७५ साल असोज १३ गते शनिवार ।