काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन वडा सरकार प्रमुखका रुपमा परिचित छन्। वडा अध्यक्षको रुपमा परिचित भएतापनि गीत लेखन महर्जनको बेग्लै खुबी हो।

फुर्सदको बेला गीत लेखनमा पनि त्यतिकै सक्रिय वडा सरकार प्रमुख महर्जनको गीतको म्युजिक भिडियो तयार भएको छ। केही दिनअघि ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशनमा वडा सरकार प्रमुख महर्जनको गीत छायाँकन भएको हो। गीतको बोल नै किन दुख्न थाल्यो छाति रहेको छ।

प्रेम गर्नु पाप होइन, प्रेमिकाको आवश्यकता पूरा गर्न सकेन भने जीवनमा पर्न सकिने दूर्घटनाको वारेमा सचेतनात्मक गीत भएको निर्देशक जोशीले भिजन संसार डटकमलाई बताएका छन्। चाँडै नै रिलिज गर्ने तयारीमा रहेको यो गीतको भिडियो वियोगान्त कथावस्तुमा रहेको जानकारी पनि निर्देशक जोशीले दिए ।

जसमा राजेन्द्र कुमार महर्जन (राजी किपु), रविना शाक्य र राजेन्द्र शाक्य साथमा गीतकार न्हुच्छेकाजी महर्जनको अभिनय रहेको छ। अनिल तुलाधरको संगीत रहेको यस गीतको भिडियोमा गायन गायक राजेन्द्र शाक्यको रहेको छ। सोहन मानन्धरको छायाँकन तथा सम्पादन रहेको छ। छायाँकन कीर्तिपुरका रमणिय स्थानमा गरिएको छ।

 


प्रकाशन मिति–२०७८ साल भाद्र ६ गते आइतवार ।