काठमाडौं। नेपालको पहिलो रियालिटी शो तथा पहिलो नेपाली म्युजिक भिडियो निर्देशकको इतिहास कायम गर्ने कार्य नेपाली संगीत रत्न मेलोडी किङ शंभुजीत बासकोटावाट भएको छ।

३३ बर्षअगाडि नेपाल टेलिभिजनको काँचको पर्दामा प्रतिभाको डबली जस्तो पहिलो रियालिटी–शो संचालन गरेर इतिहास कायम गरिसकेका संगीत रत्न शंभुजीत बासकोटा एपीवान टेलिभिजनवाट प्रसारण हुने गरेको नेपालको पछिल्लो गहकिलो रियालिटी शो नेपाल आइडलको चौथो संस्करणको निर्णायक बनेका छन्।

नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालिटी सो नेपाल आइडलले सिजन फोरका लागि नयाँ निर्णायकमा संगीत रत्न बासकोटा भित्र्याएको हो।
नयाँ निर्णायकमा संगीत रत्न बासकोटाका साथमा सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन्। कार्यक्रमको प्रस्तोतामा आसिफ शाह र रेश्मा घिमिरे रहेका छन्। सुरेश पौडेलको निर्देशन रहेको छ। 

नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालीटी सो नेपाल आइडलले सिजन फोरका लागि डिजिटल अडिसन भदौ १ गतेदेखि सुरु भैसकेको छ।

प्रकाशन मिति–२०७८ साल भाद्र ७ गते सोमवार ।