काठमाडौं। ललितपुरको प्राचिन तथा ऐतिहासिक नगरी सिद्धिपुरमा नेपालभाषाको चलचित्र महोत्सव हुने भएको छ। बैशाख १४ र १५ गते गरेर दुईदिने नेपालभाषा चलचित्र महोत्सव हुन लागेको हो।

महोत्सवमा नेपालभाषा चलचित्रका प्रभावशाली अभिनेता तथा निर्देशक रविन्द्र शाहीलाई विशेष सम्मान गर्ने आयोजक फिल्म प्रोडक्सनले जनाएको छ। महोत्सवको उद्घाटन नेपालमण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनले गर्ने कार्यक्रम पनि रहेको भनिएको छ।

दुईदिने महोत्सवमा निर्देशक रविन्द्र शाहीको शर्ट फिल्म ‘मू’ र उनकै निर्देशनमा निर्माण भएको चलचित्र ‘थःम्हं म्हूगु गाः’ देखाइने भएको छ। सो महोत्सवमा बासु शाहीको निर्देशन र रहेको ‘वाःया दुने जाकि दु’ र सुरेन्द्र मानन्धरको शर्ट फिल्म ‘नेवाः झी नेवाः हे जुइ’ पनि देखाइने भएको छ। 

प्रकाशन मिति–२०७६ साल बैशाख १३ गते शुक्रवार ।