काठमाडौ। कला र कलाकारिता अत्यन्त गर्विलो पेशा हो। देश चिनाउने पहिचान हो। त्यो पहिचान अभिनय गर्ने कलाकारले मात्र होइन्। चित्र कोर्ने कलाकारिताले अझ गरिरहेको पाइएको छ। मिहिन कलाकारिताभित्रको उच्च–कलाकारिता चित्रकला अन्तर्गतको टाटु कलाकारिता गहन र अझ संवेदनशील कलाकारिता हो।

चित्रकारले कागजमा चित्र कोर्ने गर्दछ भने,टाटुकारले मानिसको शरीरमा बेजोड कला पस्कने गर्दछन्। त्यो कला पस्कने कार्यमा यतिखेर सुमिना श्रेष्ठ देखिएकी छन्। फाइन आर्टमा प्लस–टु सकाएर टाटु कलाकारितामा व्यावसायिक रुपमा लागेकी सुमिनाले कठिन भन्दा कठिन टाटु कलालाई सहज ढंगवाट प्रस्तुत गरेर स्वदेशी तथा विदेशी सवैलाई चकित बनाइसकेकी छन्।

हाल केही महिनाको लागि भारतमा टाटु कलाको प्रशिक्षण दिने कार्यमा व्यस्त बनिरहेकी सुमिनाको त्यो बेजोड कलाले सवै मोहित बनेको पाइएको छ। टाटु कलाले नेपाललाई विश्वमा चिनाउने अभियानमा लागिरहेकी सुमिनाको टाटु कला विश्व विख्यात हुने क्रममा रहेको छ। त्यस कला तथा कलाकारितालाई सवैले मलजल गर्नु र गरिन आवश्यक छ।

प्रकाशन मिति–२०७४ साल चैत्र ९ गते शुक्रबार ।