मुम्बई। बलिउडका सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म नाम नै २.० हो। यस फिल्मले ७ सय करोड रुपैयाँको व्यापार गरेको भारतीय समाचार माध्यमहरुले जनाएको छ।

बलिउडकै सर्वाधिक हालसम्मको महंगो लागत ५४३ करोडमा निर्माण भएको यस फिल्मले प्रदर्शनको २ हप्तामै ७ सय करोड रुपैयाँको आँकडा पार गरेको हो। फिल्म आज आइतवार १८ औं दिनमा पनि प्रदर्शन भइरहेको छ।

२९ नोभेम्बरमा रिलिज भएको फिल्मलाई चीनमा पनि प्रदर्शन गर्ने तयारी भएको छ। चीनमा सन् २०१९ को मे महिनामा यो फिल्म ५६ हजार स्क्रिन्समा प्रदर्शनमा आउनेछ। फिल्मले चेन्नईमा बाहुबली ३ को व्यापारको रेकर्ड तोडेको छ।

एक दर्जनभन्दा बढी भाषामा प्रदर्शन भएको फिल्मले हिन्दी भर्सनमा मात्रै सय करोडभन्दा बढीको व्यापार गरेको छ। फिल्ममा मोबाइल रेडियशनको खतराबारे सन्देश दिन खोजिएको छ। रजनीकान्त यो फिल्ममा फरक फरक अवतारमा देखिएका छन्।
प्रकाशन मिति–२०७५ साल पुष १ गते आइतवार।