काठमाडौं। मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० को फाईनलमा नेपाली चेलीको जित भएको छ।

उक्त ताज नेपाली चेली शिलास्मा हमाल मल्लले शानदार रुपमा जितेकी हुन्। शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै बिजेता बनेकी हुन्। उक्त विशेष कार्यक्रममा २१ देशका विवाहिता महिलाहरुवीच व्यापक प्रतिस्पर्धा भएको थियो।

ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकी छन्। केही वर्षयताबाट मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही व्युटी पेजेन्टमा पनि यस अघि ताज जितिसकेकी छन् । शिलास्मा म्युजिक भिडियोमा समेत व्यस्त मोडलका रुपमा चिनिएकी छन्।


प्रकाशन मिति–२०७६ साल पुस २० गते आइतवार ।